पृष्ठभुमि
सामान्यतया
विकास भनेको नागरिकको जिवनस्तरमा
उन्नति हुनु हो। स्थानिय स्रोत र साधन प्रयोग गरि समग्र निर्माण कार्य सम्पन्न गर्नुलाई विकास भनिन्छ्। यसको मार्गचित्र
भित्र भोक, अशिक्षा, गरिवि, असमानता र वातावरणिय असन्तुलन भित्र मुक्त रहि सम्मुनत र सुरक्षित समाज निर्माण गर्नु नै प्रमुख ध्याय हो। कुनै पनि स्थानको विकासका निम्ति त्यहाको भौगोलिक स्थिति, भुबनावट, वातावरणिय
आवस्था, अावश्यकताको प्रत्याभुति र सक्रियताले
प्रभाव पर्दछ।
विकास उन्मुख राष्ट्र नेपालको कुल क्षेत्रफलमध्ये लगभग १२ प्रतिसत भुभाग कपिलवस्तु
जिल्लाले अोगटेको छ। कपिलवस्तु
जिल्ला नेपालको पश्चिमी क्षेत्रमा
पर्ने तराईको जिल्ला हो। यो प्रदेशिक संरचना अनुसार प्रदेश न ५ मा पर्दछ। प्रदेश न ५ मा १३ वटा साबिक जिल्लाहरु समाविष्ट गरिएको छ। यस जिल्लाको कुल क्षेत्रफल
१७३८ वर्ग
किमि र समुन्द्री सतहबाट न्युनतम उचाई ९३ मि देखि अधिकतम उचाई १४९१ मि माथि रहेको छ। यस जिल्लाको
सिमानामा पुर्वमा रुपन्देही जिल्ला, पश्चिममा दाङ तथा भारत उत्तर प्रदेशको बलरामपुर, उत्तरमा अर्घाखाचि जिल्ला र दक्षिणमा भारत उत्तर प्रदेशको सिदार्थनगर पर्दछ।यस जिल्लाको सदरमुकाम तौलिहवा हो। कपिलवस्तुको भुगोल उत्तरमा तल्लो चुरे पहाड र दक्षिणमा समतल तराईका हिसाबले विभाजित छ। यहाको तापत्रम समान्यतया गर्मिमा २७ डिग्री सेण्टिग्रेड भन्दा वढी र जाडोमा १५ डिग्री सेण्टिग्रेड भन्दा कम हुने गर्दछ। यस जिल्लामा कपिलवस्तु, वाणगंगा, वुद्दभुमि, शिभराज, कृष्णनगर र महाराजगञ्ज गरि ६ वटा नगरपालिका रहेको छ। त्यसैगरी मायादेवी, यशोधरा,सुध्योधन र विजयनगर गरि ४ वटा गाउँपालिका रहेको छ।
विकासलाई हेर्ने खासै स्पष्ट मापढण्ड कित्ताकाट भने एकिन छैन। तर यसको आरम्भ भने बेलायतको औधोगिक
क्रान्तिका बखत सुरु भएको थियो। ततपश्चात सन १९७१ देखि संयुक्त राष्ट्रसंघले नेपालजस्ता अति कम विकसित
राष्ट्रहरुको पहिचान गर्ने क्रममा प्रतिव्यक्ति आय, कुल गर्हस्त, उत्पादनमा औद्योगिक, उत्पादनको अंश तथा वयस्क
साक्षरता दरको आधारमा भएको पाइन्छ। यि आधारहरु हाल समयक्रममा परिवर्तन हुदै आएको छन। त्यसैले
विकास भन्ने कुरा केहि यथार्थमा मात्रै सिमित छैन। यसलाई तौलने तत्वहरु विविध छन। तसर्थ सिधै मानसपटलको
जिवनस्थरसंग जोडिने यथार्थपरक बिषयहरु भनेका केबल शिक्षा, स्वास्थ्य र रोजगार मात्रै हुन। त्यसवाहेक पूर्वाधार
निर्माण, पर्यटक, खानेपानी, सिचाई तथा स्वँ उत्पादनमुखि आर्यात र निर्यात आदि पक्षहरु पनि विकाससंग दोयम
भुमिकामा जोडिने विषयहरु हुन।

शिक्षा
कपिलवस्तु जिल्लाको साक्षरता दर ५७ % रहेको छ। यँहाको मुल समस्या भनेको शिक्षाको असमान अवसर हो। खासगरी निजी तथा सरकारी विद्यालयहरुमा आएको असमानताले नै शिक्षा क्षेत्रमा अनिश्चितता देखा परेको छ। निजी क्षेत्रमा आएको व्यापारीकरणले पिडित र गरिब वर्गसंग गुणात्मक शिक्षा पुग्न सकेको छैन। संख्याको हिसाबले कपिलवस्तुमा मनज्ञ विद्यालयहरु भएता पनि गुणात्मक पहुच भने अझै न्युन नै छ। तर जनचेतनाको विकासको गति भने सरकारी तथा गैरसरकारी निकायहरुले गर्दा केहि हदसम्म सुधारात्मक देखिन्छ।त्यसैले शिक्षा नै विकासको आधार भएको हुनाले गुणस्तरीय शिक्षाका निम्ति पर्याप्त सुधार ल्याउनु जरुरी छ।

स्वास्थ्य
कपिलवस्तुमा स्वास्थ्यको स्थिति नाजुक छ। स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकी सविक गाबिस तथा वडामा भएतापनि गुणस्थरीय स्वास्थ्य कर्मिको अभाब, पर्याप्त सेवा सुविधा नभएकाले स्थानियहरु उपचारवाट बन्चित छन। कतिपायले गरिवी र खर्चिलो उपचारका कारण परम्परागत उपचारलाई नै निरन्तरता दिएको पाइन्छ्। कपिलवस्तुको सदरमुकाम तौलिहवामा अवस्थित पुरानो जिल्ला अस्पताल अर्थात पृथ्वी विर अस्पतालमा पनि आवश्यक सुविधा र पर्याप्त औजार नभएको हुदा स्वास्थ्यमा स्थर उन्नति हुन नसकेको हो। त्यसैले स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति सेवासुबिधा सम्पन्न अस्पताल, शुलभ उपचार पद्दति र गुणस्तरीय स्वास्थ्यकर्मीको टटकारो आवश्यकता रहेको हो।

रोजगार
कपिलवस्तु जिल्लाको प्रमुख रोजगारीको स्रोत नै खेति किसानी हो। अनुकुल मौसम, उपयुक्त वातावरण, समतल उर्बर भुमि र सिचाईको व्यवस्थाले गर्दा खेतीपाति वा बालीनालीका लागि यस जिल्ला प्रचलित छ। यस जिल्लाको कुल जनसख्याको लगभग ६४% नागरिकहरुले खेति किसानीलाई नै आफ्नो रोजिरोटिको माध्यम वनाएका छन। १३% नागरिकहरु सर्भिस ओरियण्टेड जागिरमा व्यस्त छन र अन्य बाकी नागरिकहरु भने व्यापार र वैदेशिक रोजगारमा आबद्द छन। परम्परागत कृषि प्रणाली नै हावि भएको हुनाले खेतिपातिबाट किसानहरुले सोचेअनुसार लाभ भने उठाउन सकेका छैनन।

विकासका प्रारम्भ र स्थानिय सक्रियता
समग्र विकासको नया अध्याय २०१९ सालमा पुर्वपश्चिम राजमार्गको शिलन्यास
भएपश्चात प्रारम्भ भएको थियो। पुर्वपश्चिम राजमार्गले विशेषगरी पहाड मधेश र तराईको
प्राय जिल्लालाई छोएको छ । वुटवल-खस्यैली देखि कन्चनपुर सम्मको सडकखण्ड निर्माणका
लागी भारत सरकारको सहयोग हुने भएपछि
त्याहावाट निर्माण सामाग्री भित्राउन वाटोको सार्है खोचो पर्ने हुदा
चन्द्रैटा-विरपुर देखि बाहादुरगंज-कृष्णनगर-बढनी
भारतिय सिमासम्म पक्कि वाटो निर्माण भएको थियो । यो छिमेकी दात्रि निकायको
सहयोगले गर्दा एवम सडक निर्माणको प्रभावले गर्दा वाहादुरगंज-कृष्णनगर बजारले
कोल्टे फेर्ने अवसर पायो । ब्यापार र चहल पहलहरु त्यस वाटो निर्माण भएपछि द्रुत
गतिमा बढ्न थाल्यो र पुनस्थापित हुने मौका पायो । त्यतिमात्रै होइन कि
चन्द्रौटा-विरपुर-बहादुरगंज औद्योगिक करिडोरमा परिणत भई त्यस क्षेत्रको जनताको
जिवनस्ठरमा समेत स्तर उन्नति भयो। कपिलवस्तु जिल्लाको आधुनिक विकासको पुर्वधारको
रुपमा तौलिहवा देखि खुनुवा-सोहरतगढ अर्थात भारतिय रेलवे स्टेसनसँग सिधा संम्पर्क
हुनेगरि जोडिएको कच्ची सडकले गर्दा पनि जिल्ला विकासको मुल फुटेको छ । सडक विस्तार
एवम निर्माणको क्रान्ति सँगसँगै भवन निर्माणमा पनि समानन्तर दिशामा पुर्वाधार
प्रारम्भ भएको थियो । भारतिय शैलिमा ठुलो घर बनाउनु, घरमा सेतो रगं लगाउनु, गोठमा टन्न गाईभैसीँ
पाल्नु र २-४ हल बैलगाडा राख्नु, घर नजिकै शिवालय तथा छुट्टै पानीको इनार बनाउनु र
जमिनदारी हैसियतलाई झल्काउँनका निम्ति हात्ती पाल्नु यँहाको प्रचलन थियो।
ठुल-ठुल्ला घर निर्माण गर्दा निर्माण सामाग्रीका हिसाबले ढुङ्गालाई जगमा र ईट्टा र माटोलाई गारोमा प्रयोग गरिन्थ्यो।
प्राबिधिक भाषामा भन्नुपर्दा "व्रिक लेअर विथ मड मोटार मेसन" को भवन
निर्माणको क्रममा अधिक प्रयोग भएको थियो। सिचाईको स्पष्ट प्राबिधिक खाका भने
त्यसबखत खासै तयार भएको थिएन। स्थानियको स-साना निजि प्रयास र सामार्थ्यले नै स
साना उद्योग धन्दा र सिचाईको प्रबन्ध हुन्थ्यो। धान खेती र समग्र कृषि व्यवसायलाई
यथस्थ सहयोग गर्नका लागि ठाउ- ठाउमा रहेका ताल तलाउ पोखरीवाट कुलेसा तथा नहरको
स्वरुप दिई जमिनमा सिँचाई गर्नुका साथै
धान कुटने मिल लाई नै साना उद्योगका रुपमा विस्तार गर्ने प्रचलन थियो।
निर्दलिय पंञ्चायती व्यवस्था वि सं
२०१९ आएपश्चात नँया जनप्रतिनिधीहरुको उदय भयो। गाँउ गाँउमा विकासको योजनाले
केहि फडको मार्न थाल्यो। स्थाँनिय नागरिक र जनप्रतिनिधीहरुको संयुक्त प्रयासमा
विकासका योजनाहरु धमाधम आउन थाले। यसै अवधिमा वाणगंगा सिचाई योजना नै कपिलवस्तु
जिल्लाले पाएको राष्ट्रिय स्थरको योजना हो। अनेकौ राजनीतिक परिवर्तनहरु हुदै गए।
२०१७ साल पश्चात २०४६ सालको जनआन्दोलन र २०५२ सालको सशत्र दोन्दवाट विकासले
स्थायित्व पाउन सकेन। यद्यपि स्थाँनिय
जनताहरु र जनप्रतिनिधिहरु विकासका लागि सक्रिय भइरहे तर राजनीतिक प्रतिकुलताका
कारण योजनाहरुले निरन्तरता पाएनन। स-साना योजनाहरुलाई टेवा पुर्याउनका निम्ति
आर्थिक परिचालन स्थानिय स्थरमा राजेश्व संकलन वाटै गरिएको थियो।
विकास बजेट र वृहत आयोजना
नेपाल सरकारले प्रत्येक आर्थिक बर्ष बिकास बजेट कार्यक्रमहरु बिनियोजन गर्ने गर्दछ। यसैक्रममा २०७४।२०७५ को आर्थिक बार्षिक कार्यक्रम अन्तर्गत कपिलवस्तुको स्थानिय तहमा निम्न बमोजिमको बजेट प्रस्तुत गरेको छ।

तालिका नं. १.१ कपिलवस्तु जिल्लाको स्थानिय तह
|
क्र.सं
|
कार्यक्रम/आयोजना (गाउँपालिका/नगरपालिका) |
आ.व २०७४/२०७५ को
विनियोजन
|
स्रोत
|
|||
|
कुल
|
चालु
|
नेपाल सरकार
|
वैदेशिक अनुदान
|
वैदेशिक ॠण
|
||
|
१
|
कपिलवस्तु नगरपालिका
|
५०१,८३७
|
५०१,८३७
|
४९३,९२०
|
४,०३५
|
३,८८२
|
|
२
|
कृष्णनगर नगरपालिका
|
३८६,११४
|
३८६,११४
|
३८०,९३४
|
२,६१३
|
२,५६७
|
|
३
|
वाणगंगा नगरपालिका
|
४६४,५५२
|
४६४,५५२
|
४५६,६४६
|
३,७०७
|
४,१९९
|
|
४
|
वुद्दभुमि नगरपालिका
|
४८२,८८४
|
४८२,८८४
|
४७६,०६५
|
३,०७३
|
३,७४६
|
|
५
|
महाराजगञ्ज नगरपालिका
|
३९१,२२०
|
३९१,२२०
|
३८३,३२४
|
३,७७६
|
४,१२०
|
|
६
|
शिवराज नगरपालिका
|
५०१,५००
|
५०१,५००
|
४९४,०८२
|
३,३८१
|
४,०३७
|
|
७
|
मायादेवी गाउँपालिका
|
३२८,७२२
|
३२८,७२२
|
३२३,७५७
|
२,५७९
|
२,३८६
|
|
८
|
यशोधरा गाउँपालिका
|
२८९,४९८
|
२८९,४९८
|
२८४,३९४
|
२,८५३
|
२,२५१
|
|
९
|
विजयनगर गाउँपालिका
|
३०४,७७९
|
३०४,७७९
|
२९९,६६०
|
२,५७१
|
२,५४८
|
|
१०
|
शुद्दोधन गाउँपालिका
|
३२८,९३५
|
३२८,९३५
|
३१६,५१४
|
४,९२९
|
७,४९२
|
(रकम रु हजारमा)
(Source: - NPC)
राष्ट्रिय योजना अन्तर्गत कपिलवस्तु जिल्लासंग आबद्द हुने योजना वृहत लुम्विनी
चक्रपथ पनि हो। यो चक्रपथ लुम्विनी-भैरहवा-त्रिवेणि-दुम्किबास-गैडाकोट-राम्दि-रिडी-तम्घास-सन्धीखर्क-गोरुसिंगे-तौलिहवा
हुदै पुन लुम्विनीमा पुगेर जोडिने योजना रहेको छ। यो परियोजनाका लागि आर्थिक वजेट
२०७३ ७४ को संसोधित अनुमान रु २४१५०७००० र कुल विनियोजन रु २८९८००००० गरेको छ।
संभाव्यता अध्ययन र चुनौती
कपिलवस्तु जिल्लाले कृषि, सिचाई,
पर्यटक,उद्योग एवम पूर्वाधार
विकासका लागि पर्याप्त संभावना बोकेको छ। अनेकन संभावना तथा चुनौतीहरु बुदागत
रुपमा तल उल्लेखित गरिएको छ।
कृषि
संभावना
Ø
आधुनिक खेतीको तौर तरिकाको वारेमा पर्याप्त जानकारी दिने।
Ø
आधुनिक मल औजार, उपकरण र कृषि वजारको उपलब्धता र पहुच पुर्याउँने।
Ø
नश्ल सुधारका पशुपालन तथा समग्र कृषि प्रणालीलाई वैज्ञानिकिकरण गर्ने।
Ø
दुधजन्य पदार्थको अभाव न्युनिकरण गर्न विकसित गाईभैसीँ पाल्न प्रोत्साहन गर्ने
।
Ø
जग्गाको खण्डिकरण रोकि उब्जाउ भुमिका आधारमा चक्ला बन्दि गरिदिने।
चुनौती
Ø
कृषि सम्बन्धी तालिमको अभाव।
Ø
जलवायु परिवर्तन्।
Ø
परम्परागत खेती प्रणाली।
Ø
अपर्याप्त वजेट।
Ø कृषि व्यवसायिकरण र
पेशाप्रति नैराश्यता
सिचाई
संभावना
संभावना
Ø अल्पकालिन सिंचाइ
विकासका सभावित पक्ष
Ø सार्वजनिक पानी पोखरी, तालको आवश्यक
सुद्दिकरण तथा संरक्षण र नँया पोखरी निर्माणमा जोड दिने।
Ø शिवालिक रेन्जबाट
निस्केको खोलानालाको मुहान संरक्षण कार्यमा जोड दिने
Ø उपलब्ध पानीको स्रोतको
सुमुचित प्रयोग तथा मर्मत सभांरमा विशेष ध्यान दिने।
Ø दिर्घकालीन सिंचाइ
विकासका सभावित पक्ष।
Ø भालुवाङ बहूद्देश्यीय
आयोजना आन्तर्गत राप्ती नदीमा उच्च बाँध
बाँधी कपिलवस्तु जिल्लाको पुर्वमा बाणगंगा र पश्चिममा चरङाहवा नदी भित्रको
करिब ३०,५०० हे मा बाह्है
महिना सिंचाइ सुभिधा पुर्याउने तर्फ प्रारम्भिक अध्ययन भएता पनि त्यसको
कार्यन्वयनमा जोड दिनुपर्ने
Ø कपिलवस्तु जिल्लाको
कोठी नदी देखि वाडगगां नदी सिमाना भित्रको ४० गाबिसको ४९,८०० हे कृषियोज्ञ
जग्गामा सिंचाइ सुविधा पुर्याउँन कालीगण्डकी तिनाउ डाइभर्जन आयोजनाको कार्यन्वयनमा
जोड दिनुपर्ने।
चुनौती
Ø बढदो जनसंख्या
Ø गरिबी र अशिक्षा
Ø बर्षभरी सिंचाइ
Ø आत्मनिर्भरता नहुनु
पर्यटन
संभावना
संभावना
Ø
अल्पकालिन पर्यटक
विकास लक्ष्य
Ø
शिवगढीको
टाकुराबाट समग्र कपिलवस्तु, दाङ र भारतको
बस्ती, बलरामपुर गोण्डा जिल्लाको
दृष्यालोकन गर्न सकिन्छ। त्यसैले यस स्थानलाई
"भ्यु पोइन्ट"का रुपमा आकर्षित गर्नमा जोड दिने
Ø
बुद्धकालिन
सभ्यता, रहन सहन, खानपिन, संस्कृति, परम्परा, चालचलनको खोज अनुसन्धान विकास गर्दै त्यहि
स्वरुपमा स्थापित गराउनलाई आवश्यक कदम चाल्ने ।
Ø
जिल्लाको वन
क्षेत्रलाई प्रयोग गरेर आकर्षक रिसोर्ट बनाउन सकिन्छ ।
Ø
जगदीशपुर ताल,
बुडढीताल, विजुवा ताल, हरिहरपुर तालमा डुङ्गा राखेर नौका विहार स्थल बनाउन सकिन्छ।
Ø
दिर्घकालिन
पर्यटक विकास लक्ष्य
Ø
कपिलवस्तु जिल्ला
पुरै पुरतात्विक सग्रहालय भएपनि सबैको एकै-पटक विकास गर्न गाह्रो हुन्छ। समग्र
जिल्लाको एउटा वृहत ( कपिलवस्तु शुद्धोधन नगर) गुरु योजना, त्यस भित्र ससाना लघु योजना बनएर पनि जान सकिन्छ्।
Ø
तिलौरकोट
वरिपरीलाई शुद्धोधन नगर योजना
Ø
गोटिहवा
वरिपरीलाई क्रकुच्छन्द नगर योजना
Ø
निग्लिहवा र अरौडाकोटलाई समेटेर कनमुनि नगर योजना
चुनौती
Ø
राजनितीक
अस्थिरता
Ø
अन्तराष्ट्रिय
स्थरको प्रचारप्रसार
Ø
गरीबी र अशिक्षा
Ø न्युन आर्थिक बिकास वजेट बिनियोजन
Ø भारतिय
हस्तक्षेप
उद्योग तथा
पुर्वाधार निर्माण
संभावना
Ø
कपिलवस्तु भारतिय
सिमानासंग जोडिएको जिल्ला हुनाले तेस्रो मुलुकको कच्चा सामान आयात निर्यातका
माध्यमबाट उद्योग र पुर्वाधार विकासका निम्ति जोड दिन सकिन्छ।
Ø
कपिलवस्तु
जिल्लामा चुरे पहाड पनि पर्ने हुदा निर्माण सामाग्री जस्तै सिमेन्ट, गिट्टी, वालुवा सजिलै उपलब्ध हुन्छ। त्यसैले स्थानिय स्रोत र साधनको
कमि नहुदा थोरै विकास वजेटमा पनि यथेष्ट पुर्वाधारहरु बनाउन सकिन्छ।
Ø
विभिन्न
उद्योगहरु जस्तै पर्यटकहरुको राम्रो सम्भावना भएको हुनाले पर्यटकिय उद्योग तथा
व्यवसाय, कृषि उद्योग तथा व्यवसाय
इत्यादी ।
Ø
कपिलवस्तु
जिल्लाको भौगोलिक बनावट उत्तरदेखि-दक्षिणसम्म क्रमश भिरालो जमिन हुनाले पानीको
वहाव कारणले गर्दा स-साना जलबिधुत योजनाहरुपनि लागु गर्न सकिन्छ।
चुनौति
Ø
चेतनास्थरमा कमि
Ø
सघियता र स्रोतको
वाँडफाड
Ø
राजनैतिक
अस्थिरता
Ø
यथेष्ट योजनाविना
निर्माणको सुरुवात
Ø ढिलासुस्ति
निस्कर्ष
नेपालमा गत
आर्थिक बर्षको तथ्याङ्क अनुसार ४८.६० % बेरुजु
फर्चयौट भएको छ। विगत केहि बर्षको तथ्याङ्क अनुरुप बेरुजु रकमको धेरै प्रतिशत
स्थानिय तहको बिनियोजन मार्फत आउने गरेको छ। त्यसैले बिकासका लागि प्रबल संमभावना
भएको कपिलबस्तु जिल्लालाई होस्टेमा हैसे गर्दै पुरै बिनियोजित वजेट रकम फर्चयौट
गर्नका लागि स्थानिय निकाय, राजनितिकर्मि र
सबन्धित सबै सरोकारवाला योजनावद्द तवरले लाग्नु नै हामी संम्पुर्ण कपिलवस्तु वासीका लागि सर्थकता हुनेछ ।