ट्रम्प -अमेरिका र विश्लेषण

रिपब्लिकन पार्टीका उम्मेद्दवार डोनाल्ड ट्र्म्प संयुत्त राज्य अमेरिकाको ४५औँ राष्ट्रपति निर्वाचित
भ​एपश्चात उनका नीति र भावि कार्यशैलीप्रति फरक फरक कोणबाट विश्लेषण आउन थालेका छ्न। कतिपाए अझैपनि अमेरिका र ट्रम्प सपना मात्रै हो की भन्ने भानमा परेका छन​। यो निर्वाचनको परीणाम आफैमा अमेरिकी जनसमुदायको अन्तर्मुखि हुने चाहना स्पष्ट भ​एको छ। अमेरिकी जनताले फरक निर्णयमा छलाङ्ग मारेका छन। चुनावी महोललाई झन उर्लदो स्वरुप दिन मिडियाले प्रमुखतह हिलारीलाई केन्द्रविन्दुमा राखेर प्रचार गरेका थिए। डेमोक्रेटिक विश्लेषण गर्नेहरु बिचार बिर्मशको क्रममा अधिक आशाबादी देखिन्थे र मध्यम गोराहरु प्रायजसो लामो डेमोक्रेटिक शैली र विश्वसनियताप्रति अलि पेन्डुलम भने पक्कै थिए। आम जनताले आफ्नो अधिकार प्रयोग गर्दा व्यत्तिगत स्वाँर्थ, जातिगत तथा वर्गगत उत्थान र राष्ट्रियता जुन आफुमा केन्द्रित छ त्यसमा बिचाराधिन रहेको पाईयो। जितपश्चात भ​एको तथ्यगत कुरालाई सार्वजनिक वत्तव्यमार्फत अब अमेरिकाले आफ्नो हितलाई सर्वपरी राख्ने पनि उद्घोष गरे। बिश्लेषणहरु अनेकन हुनसक्छ अनुभब​, कुटनीति, राजनिति अन्तर्गत विदेश तथा स्वदेश नीतिमा अबलम्बन कसरी गर्लान भन्ने तितो आकाक्ष्या आमजनमा सर्वपरी छाएको छ। विश्वको शत्तिशाली मुलुकको स्टाट्सले गर्दा सम्पुर्ण राजनीतिक धरातल तथा जनभावनाले अमेरिकालाई आफ्नो स्वाँर्थसंग अवलम्बन गर्दै चुनावी नतिजाको कोपभाजनमा उभ्याएको छ।
उग्र दक्षिणपन्थीहरुका लागि ज्याँदै हर्षको मौसम छाएको छ। अमेरिकी वातवरणमा रिपब्लिकन हाबि हुदा उनिहरु आफु निकट भ​एको आभाष पाएका छन​। ट्रम्पको अभियानमा अलिकति उग्रता र अपरिपक्कताको हालीमुहाली अमेरिकी जनतामा फैलिएको थियो। त्यसलाई रुडिवादको अर्को संज्ञा दिइएको थियो। परिवर्तन संसारको नियम हो र उग्र आशावादि सबै मानसपटलमा हुने गर्दछ। तर परिवर्तनका पक्षधरहरु भुगोल र राष्ट्रअनुरुप फरक हुने गर्दछ। अमेरिकी जनता दुईवटा एजेन्डामा परिवर्तन चाहन्छन​, बैचारिक र समाज उन्मुख आर्थिक परिवर्तन​। नेत्रित्व परिवर्तनलाई आत्मसाथ गर्ने हुनुपर्दछ। अमेरिकाका एक रिटाएर मेकानिक ओल्दानीका अनुसार "हामी सबै कुरामा परिवर्तन चाहन्छौ र मलाई विश्वाश छ ट्रम्पले गर्न सक्छ। यो व्यक्ति अरबपति हो। त्यहि भ​एर मैले सोचेको थिए उसले भन्न सक्छ काम गरौँ मलाई पैसा चाहिदैन​।" ओल्दानीका जस्ता साना सोचले अरुमा पनि उत्तिकै प्रभाब जमाएका होलान। आफ्नो अधिकार कसको पक्षमा केन्द्रित गर्ने भन्ने पक्ष र प्रतिपक्ष बिचका आर्थिक एजेण्डा र कन्फिडेन्सका प्रकृतिजस्ता विवादित दर्शनहरुमा फरक स्वाँदको फरक अवसर खोज्ने प्रवृति पनि विकास भ​एको हुन्छ​। सो ध्याय अनुरुप डेमोक्रेटीकको पात्र ओबामालाई माथि राख्यौ अव पालो बदल्नुपर्छ। हेरौँ ट्रम्पले जसरी सर्वजनिक स्थललाई वढो झटकासाथ माथि उचाल्दैगर्दा विचको औँलाले सङ्केत गर्छन त्यसैगरिनै अबको अमेरिकालाई सम्राज्य स्वरुप दिन कत्तिको आग्रणि भुमिका खेल्लान ! विगत १९७२ देखिको डेमोक्रेटिक नीतिभन्दा उत्कष्ट र उसले समेटन नसकेका कमजोडि पक्षलाई कुन शुत्रबाट अवलम्बन गर्लान, सायद त्यसैको परिणाम होला गोप्य मौन समर्थकहरु अधिकारका लागि उर्जाशील र पृथक सोच बनाएका। तसर्थ गोप्यताको कारणले विश्वका प्राय राजनीतिक विश्लेषक​, सेलिब्रेटी र मिडियाबाजिले पुर्व चुनाबि स्टाटिकल डाटामा हावा खाए।
कन्फिडेन्स आफैमा एस्तो तत्व हो जसले जित्ने मानसिकता बनाएर मैदानमा उत्रिदैगर्दा अन्तत जित सुनिस्चित गर्छ। पुराना खेलाडिलाई मैदान नँया लाग्दैन तर नँया खेलाडिलाई दुईबटा च्यालेञ थपिएको हुन्छ। राजनीतिक मैदान "रियल स्टेट " व्यापारीको कुनै पृष्टभुमिमा नपर्ने हुदा ट्रम्पलाई दुईवटा च्यालेञलाई आत्मसाथ गर्नुपर्यो। मैदानमा भिज्नु र राष्ट्रपतिको चुनाबमा बाजी मार्नु। मैदानमा उत्रिदाको मानसिकतामा वाहिरी तवरले स्व-जित नै हुने गर्दछ तर विडम्बना भित्रि खेल हुटिङ्गले प्रभाबित नहुदा अन्तिम निर्णय मैदानमै केन्द्रित हुन्छ र खुल्ला नक्षेत्रले चिहाएर हेरिरहेको हुन्छ। त्यहि उदारण स्वँरुप ४५ औँ अमेरिकी राष्ट्रपतिको चुनाबमा प्रत्यक्ष देखियो। मैदान बाहिरको हुटिङ्ग हिलारीको पक्षमा थियो र मैदानले अनुभबि खेलाडीक स्वरुपमा उनलाई परिपक्वताको विध्यावारिधि दिदैगर्दा कडा प्रतिसपर्दाका बिचमा ट्रम्पको कन्फिडेन्सको सिट्ठी बज्यो अपरिचित मैदानले हुटिङ्गको विपक्षमा विना सर्त फैसला गर्यो।तसर्थ उनले बिधुतिकरण देशको सेतो बहुमत त्यहाको जनसख्याको स्पष्ट बहुमतलाई स्थान दिएका छ्न र "मेक अमेरिका ग्रेट अगेन​"ले बेग्लै धुर्वबाट पुर्णता पाएको छ।

ट्रम्पलाई कन्फिडेन्सको पात्रमा जोडनु भनेको उनले उग्र दक्षिणपन्थी विचारधारालाई फरक एतिहासिक लस्कर वाट अगाडि ल्याउन सक्नु हो। वास्तबिक योजना र फराकिलो आर्थिक एजेण्डालाई सार्थक गर्नु नै रिपब्लिकनका लागि ठुलो चुनौती हो । महत्वपुर्ण उपलब्धि संस्थागत गर्नु र आफ्ना सर्त, विचार र बिमर्सलाई संम्बोधन गर्नु नै मुख्य ध्याय हो। यसर्थ ट्रम्प आफ्नो शब्द र नाराको अभियानमा वासिङ्टनको नालीको दलदललाई उल्टाएर ओबामालाई विस्तापित गरिदिए। बिगत आठ बर्ष लामो डेमोक्रेटिक ओबामा प्रसासनले छुन नसकेको र नभ्याएको पक्षलाई अभियान मार्फत नँया नीति स्थापना गर्न सक्नु नै ट्रम्प​-अमेरिकाको सर्थकर्था हो। ग्रामिण अमेरिका अझैपनि वर्गिय बिभेद लग​एत खर्चिलो स्वास्थ्य सेवामा कुण्ठित छ। ओबामाकेअरले  पनि जनस्वास्थ्य सवालमा उचित खर्च कटाउटी गर्न सकेन। राष्ट्रपतिको लोन​-बन्धक संशोधन कार्यक्रमपनि धेरै ग्रामिण र समान्य अमेरिकनलाई आशातुल्य सहयोग गर्न असमर्थ रहयो। सहर केन्द्रित वर्गीय सोचले ग्रामिण अमेरिकाको सवाललाई समेटन सकेन​। परिबर्तनका पक्षधरहरुले नेत्रित्वदाई भुमिकालाई उनिहरुको विचारसंग ट्रायल गर्ने हुनाले पनि यो नतिजाले फरक मोड लिएको हो। व्यक्तिगत व्यवहार​, घृणा, बिभजन र अज्ञानता लगाएत दृष्टिहरु निर्मम छन जुन प्राथमिक विचार पश्चात लिने गरिन्छ। समान्य जनता जो कट्टर, संजिव, भक्ति र गोराको सर्बोच्चता मान्ने हुदैनन उनिहरु सामाजिक र राष्ट्रिय उत्थानका लागि सधै विचार र नीतिमा शिरोधार्य गरेर अधिकारलाई उच्चतम प्रयोगमा ल्याउने अहम कसरतमा जुटेका हुन्छन​। सामान्य हुन्छन तर नीतिगत विचारलाई स्वतन्त्र विश्लेषण गर्ने क्षमतावान पनि हुने गर्दछन्।विदेशनीति र स्लामिक देशहरुको एजेण्डा आफैमा दुर्गामी असरका करक तत्त्व हुन​। त्यसमा प्रबासीका लागि असुहाउँदो तथ्य रहेको छ। घृणा र बिभाजन एउटा अशान्ति र युद्दको प्रतिक हो। तसर्थ ट्रम्पको यो नीतिमा विवादास्मक सवालहरू नउठेका होइनन्। यधपि त्यहाका जनतालाई यि नीतिहरु द्दोएम भुमिकमा पर्ने हुदा प्रथमतह उनिहरु निर्मुल हुन नहेकेका वर्गिय भेद​, अन्तरिक सुरक्षा, आर्थिक बिकास​, सस्तो र सुलभ स्वास्थ्य अवसर​, रोजगार लगाएत समसामायिक सामाजिक समस्याको सम्बोधन र उत्थान चाहन्छ्न्। निष्टागत दृष्टिवाट हेर्दा अमेरिकी आफैमा " शुद्दता र मोर ग्रेट​" चाहन्छ्न। त्यसका लागि परिवार​, समाज र राष्ट्रिय समस्याको हल  गर्नुका साथै सवल आर्थिक र वैदेशिक नीतिको उचित कार्यनोयन हुनुपर्दछ । अन्ततः ट्र्म्प-अमेरिका व्यवहारतह कत्तिको चुनावि नीति र आफ्ना अभियानलाई कन्फिडेन्सका साथ अवलम्बन गरेर आफुलाई सर्वसहमत भुमिकामा उभ्याउन सफल होलान भन्ने विषय अबको भावि अमेरिकाले अंकित गर्नेछ।