कपिलबस्तुको प्राचिनता र महोत्सब


"      
                 
 कपिलबस्तु" जिल्ला कपिलमुनिको तपवन एबम शाक्य दर्शनको प्रेरताका रुपमा नामाकरन भएको पाईन्छ। कति यथार्थ प्राचिन शब्द "कपिलमुनिको तपवन"बाट कपिलबस्तु  कोरिएको छ्। बिश्लेषण ब्यक्तिपरक हुन सक्छ तर यथार्थ केबल एउटै हुन्छ्​।त्यसबाहेक बिभिन्न एतिहासिक घटनाक्रममा कपिलबस्तु झन उदार भ​एर आउछ। शाक्य बंशिय कालमा राजा शुद्योधनको राजधानी एबम सिद्धार्थ गौतम बुद्धले २९ बर्षसम्म जिवनयापन गरेको ठाउँ। तसर्थ यसको इतिहास केबल प्राचिनता संग जोडिएको छ र पुरातात्वबिद, इतिहासकार,सांस्कृतिक अन्वेषणकर्ता, बुद्द धर्मावलम्बी, भौतिकबाद्, मानब अधिकारबादी, विश्व शान्ति र समानताका पक्षपाति, अहिंन्सा र असम्प्रादायिक विचारका अनुयाईका लागि पक्कै पनि प्रेरणाको श्रोत हुन जान्छ्​।

            मैले वुझने गरेको जिल्ला केबल कपिलमुनिको तपोवन, शुद्योधनको राजधानी र गौतम बुद्धले जिवनयापन गरेको एतिहासिक महत्वो मात्रै अंकित गर्दैन। बरु यसले बद्लिदै गरेको नँया धार्मिक क्रान्तिका रुपमा पनि बुद्ध धर्मलाई प्रमुख चेस्टाका रुपमा पनि लिने गरिन्छ्​। त्यसैले बर्तमान परिपेक्षमा कपिलबस्तु डेढ अर्ब बुद्ध धर्मावलम्बिहरुको पबित्र आस्थाको केन्द्र र धार्मिक तिर्थस्थलका रुपमा पनि लिन सकिन्छ्। विश्वमा फैलिदै गरेको बुद्धको ज्ञान आजको कलि युगका लागि नौलो क्रान्ति नै हुन पुगेको छ। उनको ज्ञान र दर्शनका वावजुत जोडिनेहरु पनि पुरै जिवन धर्मका नाममा सुम्पेका छ्न र त्यसलाई एउटा बद्लिदो समाजको नँया विश्लेशनका रुपमा लिन सकिन्छ्​। त्यसैले विश्व विधातामै कपिलवस्तुलाई रोचक र सिंगारिएको एतिहासिक नाता दिएको छ्​।

            मैले नँया कुरा भन्दा पनि प्राचिन विश्लेषण र आजको समाजका वारेमा अलिकति वढि चासो राख्न खोजे। यस सन्दर्भमा मैले त्यहा रहेका केहि प्राचिन महत्वको वारेमा केहि जानकारी दिन चाहे!!!
तिलौराकोटः
तिलौरकोट हाल कपिलवस्तुको सदर्मुकाम तौलिहवाबाट तिन किलोमिटर उत्तरमा छ​। यो शाक्य वंशिय राजा शुद्योधनको राजधानीका रुपमा प्रसिद्द छ​। हाल यहा राजदरवारको भग्नाबशेष अधावधि मात्रै छ। त्यहा नजिकै लगभग चारसय जति उत्तरमा शुद्योधन र मायादेवीको स्तुप छ। बाटोमा फर्किदै गर्दा त्यहा संग्रहालय छ जुन हिजोको दिनको सभ्यताको सम्पन्नता दर्साउछ​। त्यसपश्चात संग्रहालयको दक्षिणपुर्ब पट्टि जापानी बुद्धिष्टले निर्माण गरिदिएको रिसोईयन शान्ति विहार छ।
गोटिहवाः-
तिलौराकोटवाट करिव चार किलोमिटरको दुरिमा क्रकुच्छन्द बुद्धको जन्मैस्थल नगर गोटिहवा छ। त्यस ठाउँमा आशोक स्तम्ब पनि छ।
निग्लिहवाः-
कनकमुनि बुद्धको जन्मस्थल नगर निग्लिहवा करिव तिलौराकोटवाट चार किलोमिटर पुर्वोउत्तर दिशामा अवस्थित छ। त्यस ठाँउमा पनि अशोक स्तम्ब छ।
कुदानः-

कपिलबस्तुको सदर्मुकाम तौलिहवावाट तिन किलोमिटर दक्षिणमा अवस्थित गौतम बुद्धले बुद्धत्व प्राप्त गरे पश्चात पाचँसय शाक्यले चीवीर  धारण गरेर बुद्धको पछि लागेको शुद्धोधनसंग भेट भएको र शुद्धोधनले तत्कालिन न्यायलय मानिएको एतिहासिक केन्द्रविन्दु कुदान हो।
      त्यसवहेक अनेकौँ धर्माअवलम्विहरुका लागि चाहेजति मन्दिर र मस्जिद पनि धेरै छ्न। अब यस्तो बुद्ध धर्मको केन्द्र एबम अनेकौँ धर्म केन्द्रको रुपमा विस्तार भ​एको कपिलबस्तु आपसमै धार्मिक सद्भावको केन्द्रविन्दु बन्न पुगेको छ। यँहा प्राचिन भग्नावशेष दरवार एवम एतिहासिक महत्वपुर्ण स्थलहरु छ्न जुन प्राचिन सुन्दरता र सिङ्गारको धनी छ। प्राचिन सामाग्रिहरु सग्रालयका रुपमा जोगाइएका छ्न। अलिकति व्यवस्थापनको कमि-कमजोडिले गर्दा तेस्ता महत्वपुर्ण प्राचिन स्तलहरु मानवय अतिक्रमण र सामग्रिहरु धेरै चोरी-चकारी बढ्दै गएको दुखद अवस्था छ्। तर्सथ यसमा क्रियाशिल गैर​-सरकारी एवम सरकारी निकायहरु बेलैमा पुर्ण निगरानीका राख्न जरुरि छ। नत्र भने कपिलबस्तुको प्राचिनता केबल इतिहासमा मात्रै सिमित हुनेछ र नँया पिढिलाई सत्य कथाका रुपमा सुन्ने बाहेक कुनै बिकल्प नै रहने छैन​। त्यहिभएर बेला वखतमा प्राचिन महोत्सव जस्ता कार्यक्रम आयोजना गरेर सम्भाव्यत्व रुपले प्रचार​-प्रसार एवम पर्यटक विकासमा टेवा पुर्याउनु नै हामी सबै कपिलबस्तु वासी र सम्पुर्ण नेपालीहरुको भलो हुनेछ। सोहि विचारलाई अर्पण गर्दै हाल कपिलबस्तुको मुटु तौलिहवामा हुन लागेको "दोस्रो प्राचिन कपिलवस्तु महोत्सवलाई” सभ्य र भव्य तवरले सफल पार्नुहुन सम्पुर्ण आग्रज एबम सरोकारवाला व्यतित्वलाई हार्दिक अनुरोध छ।